इलाम, असार २३ । कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट चुलाचुलीका पत्रकार देवीप्रसाद पौडेल पुरस्कृत भएका छन् ।

प्रेस सेन्टर इलामद्वारा यसै बर्ष स्थापित ५ हजार राशिको सो पुरस्कार पौडेललाई प्रदान गरिएको हो ।
उनलाई इलाम नगर उपप्रमुख बिष्णु लिम्बू दाहाल र इलाम नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सेन्टरले इलामको हरेक बर्ष ग्रामीण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पौडेल विगत ६ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।



