बिर्तामोड , असार २४ । लगातार दुःख दिँदै आएको जंगली हात्तीले गएराति बिर्तामोड ७ मा घर र विद्यालयमा क्षति पुर्याएको छ ।

तीनदेखि पाँच वटाको समूहमा आएका हात्तीले स्थानीय रमेश श्रेष्ठको मकै सखाप पारेको छ भने दुर्गा राईको घर भत्काएर क्षति गरेको छ ।त्यस्तै सोही हात्ती समूहले कन्चन इङ्लिस स्कुलको क्यान्टिनको वाल भत्काएको विद्यालयका शिक्षक डिल्लीराम चौलागाँईले बताए । त्यसैगरी प्रदिप खनालले संचालन गरेको हाम्रो कृषि फार्ममा समेत क्षति गरेको चौलागाँईले जानकारी दिए ।

बिर्तामोड– ७ का बासिन्दा हात्ती आतंकबाट आतंकित भएका छन् ।मानो खाएर मुरी उब्जाउन दिनभरि खेतमा काम गरेका कृषक रात परेपछि जागै बस्नु पर्ने बाध्यतामा छन् । भाच्न बाँकी रहेको मकै, फलफूल केरा सबै खाएको साथै रोप्ने बेला भएको बीउ समेत हात्तीले सखाप पारेको स्थानीय किसानहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्