मेचीनगर, असार २५ । मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीय बालिक गम्भीर घाइते भएका छन् ।

धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्डेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओम शान्तिकी मेरिना लिम्बूका ८ वर्षिय छोरा पान्चोप लिम्बू गम्भीर घाइते बनेका हुन् ।

उनको चिन्ताजनक अबस्थामा बिर्तामोडस्थित बीएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्