झापा, असार २६ । झापा गौरादहका एक व्यक्तिले आत्मदाह गरेका छन् ।

गौरादह नगरपालिका– १ बस्ने सत्यनारायण साहका छोरा ३५ वर्षिय रोशन साहले आफैले आफैलाई आगो लगाई आत्मदाह गरेका हुन् । श्रीमती कामको सिलसिलामा बिराटनगरमा बस्ने गरेको र आफ्नै घरमा बुवाआमासंग बस्दै आएका साहले आफू सुत्ने कोठामा आगो लगाई आत्महत्या गरेका हुन् । उनको खाट छेउमा प्लाष्टिकको ग्यालेनको बिर्को खोलेको र ग्यालेन डढेको अवस्थामा फेला परेको छ । उक्त ग्यालेनमा कुन तरल पदार्थ थियो भन्ने कुरा यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे बिहान ५ बजे इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका दमकबाट टोली खटिएको प्रहरीले जनाएको छ । मृतक २–३ वर्ष अगाडीदेखि डिप्रेशनको बिरामी रहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्