झापा, असार २६ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका-२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका-२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले बताए । मनाङ एयरको ९-एन-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्