झापा, असार २६ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ ।

file image

अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन् । घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए । उनले भने,’ दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ भने दुईजनाको शव भेटिएको छैन । खोजि गरिरहेका छौं । ’ हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्