झापा, असार २७ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले ४० करोड ८७ लाख ९७ हजार रुपैयाँको इन्डक्सन र इन्फ्रारेड चुलो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्यमा एक लाख ९७ हजार ३०७ थान इन्डक्सन र इन्फ्रारेड चुलो नेपाल भित्रिएको छ । पछिल्लो ११ महिनामा २६ करोड ५० लाख ४३ करोड रुपैयाँको इन्डक्सन र १४ करोड ३७ लाख ५३ हजार रुपैयाँको इन्फ्रारेड चुलो नेपालले आयत गरेको हो । नेपालले चीन, भारत, मलेसिया, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र अमेरिकाबाट इन्डक्सन र इन्फ्रारेड चुलो आयात गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले २४ करोड १५ लाख ३२ हजार रुपैयाँको इन्डक्सन र इन्फ्रारेड चुलो आयात गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्