झापा , असार २८ । झापा बाह्रदशी गाउँपालिका वडा नं –२ को सुकुम्वासी वस्ती बाढीको जोखिममा परेको छ ।

अबिरल बर्षाका कारण अधुवा खोलामा पानीको बहाब बढेपछि सुकुमबासी बस्ती जोखिममा परेको हो । त्यहाँ बसोबास गर्ने ४५ घरधुरीका करिव १५० जना मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ । ईलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मदनकुमार मैनालीको कमाण्डमा खटिएको प्रहरी टोली, जनप्रतिनिधि, स्थानीयबासीको सहयोगमा उनीहरुलाई वडा नं २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सार्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्