कुमरखोद ,असार २८ । अविरल वर्षाका कारण ठुलो माईखोलाको बाढी बस्तीमा पसेको छ ।

बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् । वडा नं १ मिलनवस्तीको ३० घर माईखोलाको बाढीले डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताए ।
त्यसैगरी वडा नं .२ को सडकवाडी गाउँमा ठुलो माई खोलाको बाढी पस्दा ३४ घर डुबानमा परेका छन् । बाढीका कारण घरभित्र पानी पसिरहेको बाढीपिडित सन्तोष राजवंशीेले बताए । घरभित्र पानी पसेपछि खाना पकाएर खान समस्या भएको उनले बताए । हुलाकी राजमार्ग निर्माण गर्ने कम्पनीले नदीको छेउछेउबाट जथाभावी बालुवा उत्खनन् गरेर राजमार्ग बनाएकोले गाउँमा बाढी पसेको एक स्थानीयले बताए ।

आहिले डुवान क्षेत्रमा ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाको टोली खटिएर स्थानीयलाई सतर्क गराईरहेको , पुनः वर्षा भएर जोखिम भएमा सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको सशस्त्र प्रहरी वेस क्याम्प टाँघनडुब्बाका प्रमुख दिपेन्द्रमणी राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्