झापा, असार २९ ।नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक यात्रु बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भरतपुरको सरकारी अस्पतालमा चालकसहित आठ जनाको उपचार भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि काठमाडौं गएका छन् । काठमाडौं गए पनि उनको अवस्था सामान्य रहेको डिएसपी पण्डितले बताए । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम छ । अरू सामान्य रहेको डिएसपी पण्डितले बताए ।बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर जति तल खसेको पण्डितले जानकारी दिए । सडकबाट खसेको बस रूखमा अड्केको थियो । बसमा ४० जना यात्रु थिए । अरूलाई खासै केही नभएको डिएसपी पण्डितले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीको नेतृत्वमा घटनास्थल पुगेको २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्