झापा, असार २९ । नारायणगढ– मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक यात्रुवाहक बस दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ ।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर रुखमा अड्किदा बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाईते भई उपचारको लागि भरतपुरतर्फ पठाईएको छ ।

पुरानो मेडिकल कलेजमा उपचार भईरहेका घाईतेहरु
१.भारत सिलिगुडी बस्ने बर्ष ६० की कमला सुब्बा
२.भारत सिलिगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा (अबस्था मध्यम)
३.मोरङ हरैचा नगरपालिका ३ बस्ने बर्ष २३ का सुशान्त सुब्बा ( सामान्य )
४.हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामिछाने ( सामान्य)
५.सुनसरी बस्ने बर्ष ४० की संगिता मगर (सामान्य )
६.झापा मेचीनगर नगरपालिका ११ बस्ने बर्ष ३२ की सुम्निमा राई (अबस्था मध्यम )
७. भक्तपुर महानगरपालिका १ बस्ने बर्ष ३० का मिलन तामाङ (सामान्य)
८.ललितपुर गोदावरी नगरपालिका ७ बस्ने बर्ष २७ का सुमन लामा (सामान्य)
९.भोजपुर अरुण गाउँपालिका १ बस्ने बर्ष २९ का नन्दबहादुर पाण्डे(सामान्य)
१०.सोही ठाउँ बस्ने बर्ष १९ का लिलाबहादुर पाण्डे (सामान्य)

भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेका घाईतेहरु
१.सहचालक सर्लाही लालबन्दी नगरपालिका १० बस्ने बर्ष ३६ का बिक्रम मगर(सामान्य)
२.कन्टेक्टर धादिङ निलकण्ठ ७ बस्ने बर्ष ३६ का दिलबहादुर श्रेष्ठ(सामान्य)
३.बसमा सवार सुनसरी रक्तमाला नगरपालिका ५ बस्ने बर्ष २९ की मनिका राई (सामान्य)
४.बसमा सवार मोरङ हरैचा नगरपालिका ५ बस्ने बर्ष २५ की कल्पना राई( सामान्य)
५.सोही ठाउँ बस्ने बर्ष २५ की सपना राई (सामान्य)
६.धनकुटा सहिदभूमि गाउँपालिका ४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई( सामान्य)
७.उनकै छोरी बर्ष ४ की दिब्या राई (मध्यम)
८.बसचालक मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने बर्ष ३७ का बादल कुमार(सामान्य)

काठमाण्डौतर्फ लगिएका घाईते
धादिङ रुबिभ्याली गाउँपालिका ४ बस्ने बर्ष ३२ का दिपक तामाङ (सामान्य)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्