भद्रपुर,असार ३० । वर्ष २०२३÷०२४ का लागि चयन भएको रोटरी क्लव अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ ।


शुक्रबार साँझ आयोजित एक समारोहका बीच वर्ष २०२२÷०२३ का अध्यक्ष ईश्वर अधिकारीले वर्ष ०२३÷०२४ का अध्यक्ष विनोद चापागाईलाई पदभार हस्तान्तरण गरेका हुन् ।भद्रपुर ८ मा आयोजित समारोहका प्रमुख अतिथि रोटरीका पास्ट डिस्ट्रिक गभर्नर सन्तोषप्रसाद रिजालले पदस्थापन समारोहको उद्घाटनसँगै ०२३÷०२४ का अध्यक्ष चापागाईलाई सपथ गराएका थिए भने अध्यक्ष चापागाईंले आफ्नो कार्यसमितिको पदाधिकारी–सदस्यहरुको नाम घोषणासहित सपथ गराएका छन् ।

अध्यक्ष चापागाईंले डा. नवराज कोइरालालाई भाइस प्रेसिडेन्ट, सन्तोष पोखरेललाई प्रेसिडेन्ट इलेक्ट, उज्वल श्रेष्ठलाई प्रेसिडेन्ट नोमिनी, इशुभ कुमाई पाण्डेलाई सेक्रेटरी, नरेश पराजुलीलाई ज्वाइन्ट सेक्रेटरी, पवन श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरिएको जानकारी दिए । यसैगरी, रोटरी फाउण्डेशनको एड्भाइजरमा टिकाराज ढकाल, चेयरमा अजय साहेवाला, मेम्बर विभुराज दाहाल र सुरज खत्री, पब्लिक इमेज एड्भाइजरमा आदित्य पराजुली, चेयर प्रदीप सरावगी, मेम्बर लोकबन्धु ढुंगाना र प्रकाशनाथ श्रेष्ठ, सर्भिस प्रोजेक्टतर्फ ईश्वर अधिकारी एडभाइजर, धनजुजु श्रेष्ठ चेयर, सञ्जय पोखरेल र निरज पराजुली मेम्बर, मेम्बरसीपतर्फ एड्भाइजरमा भेषराज ढकाल, चेयरमा सुभाषरत्न शाक्य, मेम्बरमा राजेन्द्र सिंह र रमेश श्रेष्ठ, क्लव एडमिनिस्ट्रेसनतर्फ एड्भाइजरमा दिपेश ढकाल, चेयरमा कविन राई, मेम्बरमा प्रदीपलाल श्रेष्ठ र मनोज पराजुली, टीईएसीएचतर्फ एड्भाइजरमा राजकुमार पोखरेल, चेयरमा समिरकुमार पोखरेल, मेम्बरमा प्रज्वल राई र राजनलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको जानकारी दिएका थिए ।

यसैगरी, सर्जेन्ट एट आम्र्समा नितेश वर्मा, आईटी अफिसरमा डा रामबाबु खड्का, वेब मास्टरमा गणेशलाल राजभण्डारी, क्लव मेन्टरमा राजिव खनाल, युथ सर्भिसमा राजु दाहाल, सोसियल मिडिया तथा क्लव बुलेटिनमा मनोज सुब्बा (गौरब) र रमेश पराजुलीलाई जिम्मेवारी तोकिएको घोषणा गर्दै अध्यक्ष चापागाईंले नयाँ कार्यसमितिका सबै पदाधिकारी–सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । अध्यक्ष चापागाईंले क्लवका पूर्व अध्यक्षहरु सबैलाई सल्लाहकार चयन गरिएको पनि घोषणा गरेका थिए ।

नवनिर्वाचित सेक्रेटरी इशुभ कुमाई पाण्डेले सञ्चालन गरेको समारोहमा वर्ष ०२२÷०२३ का अध्यक्ष ईश्वर अधिकारीले आफ्नो कार्यकालमा भएका सामाजिक गतिविधिका बारेमा जानकारी गराउँदै विदाइ मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष चापागाईंले आफ्नो कार्यकालमा गरिने सामाजिक गतिविधिका बारे संक्षिप्तमा जानकारी गराउँदै प्रतिबद्धता मन्तव्य प्रस्तुत गरेका थिए ।
भाइस प्रेसिडेन्ट नवराज कोइरालाले स्वागत गरेको समारोहमा चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले नवनिर्वाचित अध्यक्ष चापागाईंलाई चार्टर सर्टिफिकेट प्रदान गरेका थिए भने असिस्टेन्ट गभर्नर शुभ कुमाई पाठकले प्रेसिडेन्ट कलर हस्तान्तरण गरेकी थिइन् ।
नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि रिजालले रोटरी एक पवित्र उद्देश्य बोकेको सामाजिक संस्था भएकोले यसमा लागेपछि सेवाको भावना हुनुपर्ने बताए । विश्वमा रोटरीको शान र मर्यादा उच्च रहेकोले दीन–दुखीलाई सदैव सहयोग गर्न तत्पर हुनुपर्ने बताउँदै रिजालले नयाँ कार्यसमितिलाई सेवामूलक कामको योजनाका साथ अघि बढ्न सुझाव दिए ।

यसैगरी, एसिस्टेन्ट गभर्नर पाठकले स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाईको क्षेत्रमा रोटरीले उल्लेखनीय कार्य गर्दै आएको बताउँदै त्यस्ता क्षेत्रमा काम गर्ने गरी योजना बनाउन सुझाव दिइन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि शुभकामना मन्तव्य राखेको समारोहमा रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष सुरेशकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्