एजेन्सी । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् ।

योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् । फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् । साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् । अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे । सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध थिए ।

यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची :
१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर
२. लियोनेल मेस्सी -१३ करोड डलर
३. किलियान एम्बाप्पे -१२ करोड डलर
४. लिब्रोन जेम्स -११.९५ करोड डलर
५. कानेलो अल्भारेज -११ करोड डलर
६. डस्टिन जोनसन – १०.७ करोड डलर
७. फिल मिकेल्सन – १०.६ करोड डलर
८. स्टेफन करी -१०.०४ करोड डलर
९. रोजर फेडरर -९.५१ करोड डलर
१०. केभिन डुरान्ट – ८.९१ करोड डलर

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्