झापा , असार ३० । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुला रहने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खुला नै रहने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरे पछि शनिवार पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्