झापा, असार ३० । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ।

निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दशजगामा रहेको १४०÷१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएकोले खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्