झापा, असार ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।


गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०÷८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।
नेकपा एमालेले भने तोकिएको समयमा बैठक शुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो । राप्रपा सांसद खेमादेवी विष्टले पहिले बहिष्कार गर्ने घोषणा गरे पनि पछि बैठकमा सहभागी भइन् ।

सत्तारुढ दलहरुले नै यथास्थितिमा बजेट पारित गर्न नमानेपछि बजेट संशोधनपछि पारित भएको हो । हिजो दिउँसो सत्तारुढ गठबन्धनको बैठकले प्रदेश सांसदहरुले खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटप्रति निर्वाचन क्षेत्र ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ पुर्याउने, प्रदेश सभा सदस्यको सिफारिसमा योजना समाबेश गर्ने लगायतका सहमति भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्