झापा, असार ३१ । हिजो साँझ माई खोलामा डुबेको अबस्थामा फेला परेको शवको आज बिहान पहिचान भएको छ ।

सो शव शिबसताक्षी नगरपालिका –८ बस्ने अन्दाजी ९० वर्षका टेकबहादुर श्रेष्ठको भएको उनका नाति ३८ वर्षिय दिलबहादुर श्रेष्ठले आज बिहान ६.३० बजे बताएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ६ बजे शिवसताक्षी १० स्थित माई खोलाको बीचमा घोप्टो परेको श्रेष्ठको शव डुबिरहेको अबस्थामा फेला परेको थियो । शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्