झापा, असार ३१ । फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।


ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका ७ का ३८ बर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । हिलिहाङ ७ का ट्रक चालक ४५ बर्षीय ज्ञानु थापा भनिने पारसमणी थापा र ३१ बर्षीय जीवन गदाईली दुर्घटनामा परी घाईते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्