धुलावारी, साउन १ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. ले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ ।

झापाको धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा भएको हो ।
शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तीय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेटसम्वन्धी रोगका कारण मृत्यु भएको थियो ।

मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एक लाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. सदस्य सेवाकेन्द्र धुलावारीकी प्रमुख विपना तिम्सिनाले बताइन् ।

सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । यसअघि पनि शिक्षा बहुउद्देश्यीयले मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो ।
संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्