झापा , साउन ३ । हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ । मंगलबार दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी मन्जिल मुकारुङले बताए । राईको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा भइरहेको डीएसपी मुकारुङले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्