झापा, साउन ३ । झापाको शिवसताक्षी नगरपालिका– १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ ।

आज विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए ।

सो शव इलाम माई नगरपालिका ८ इलाम घर भएकी १६ बर्षिया रमिला शर्पाको भएको खुल्न आएको छ । इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्