झापा, साउन ३ । इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा समालबुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २५ वर्षीय समिर तामाङ रहेको इलाम प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा बा २१ च ७९७१ नम्बरको कार चालक प्रशिस खड्कालाई चेकजाँच गर्दा ३ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिगनरमा राखिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्