बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।


बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सञ्चारकर्मी राजेन्द्र चौलागाईंले ७७ औँ पटक रक्तदान गरेका छन् । बैंकका बजार प्रमुख पंकज घिमिरेका अनुसार बैंकको १८ औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोशी प्रदेशकै ठुलो विकास बैंकको रुपमा परिचित एक्सेलले विश्वव्यापी आर्थिक संकटको बेला पनि आफ्नो कारोबारमा बृद्धि गर्न सफल भएको थियो । बैंकले आर्थिक वर्ष २०७९÷०८० मा १३ अर्ब २५ करोड रुपैयाँ बचत (निक्षेप) संकलन गरेको थियो ।

कोशी प्रदेशमा एक्सेल बैंकका ४४ वटा शाखा सञ्चालनमा छन् । आगामी वर्ष कोशी प्रदेशका थप जिल्लामा ३ वटा शाखा विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्