सुरुङ्गा , साउन ७ । कनकाई नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको आज विहान निधन भएको छ । विहान ८ बजेर २० मिनेटमा ५२ बर्षिय पोखरेलको निधन भएको हो ।


उनी बिगत लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । पोखरेललाई उपचारका लागि बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेल गत २०७४ सालको स्थानीय निर्वाचनमा कनकाई वडा नं १ बाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनको आजै दिउँसो २ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनका श्रीमती र २ छोरा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्