झापा, साउन ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ ।


विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोकका यादव पराजुली पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्