एजेन्सी । अफगानिस्तानमा ब्युटीपार्लरहरू बन्द भएका छन् ।

सरकार कब्जा गरेको आतंकवादी संगठन तालिवानले देशका सबै ब्युटीपार्लर बन्द गर्न एक महिना अघि आदेश जारी गरेको थियो । तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूणर् अफगानिस्तान कब्जा गरे पश्चात् महिलामाथि विभेद गर्दै आएको छ । तालिवान सरकार आएदेखि अफगानिस्तानमा युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ । अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँदै आएका थिए । उनीहरूको रोजीरोटी खोसिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्