झापा, साउन ९ । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण सार्वजनिक नगरेको भन्दै कारबाही गर्न लागेको हो । त्यसमा झापाका ५५ जना रहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५÷१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ । साथै सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण सार्वजनिक गर्नेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ । हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण सार्वजनिक गरेको पनि आयोगले जनाएको छ । यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभाअन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । जरिवानामा पर्ने झापाका उम्मेदवारहरु यसप्रकार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्