झापा , साउन ११ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको एक लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट मोबाइलको कभर ६८ थान र एयरफोन २२५ पिस बरामद गरेको हो । सो सामान चोरी तस्करीबाट भित्राएर नेपाली बजारतर्फ लैजान खोजेको अवस्थामा प्रहरी बरामद गरेको बताइएको छ । बरामद गरिएको सामानलाई करिब १ लाख ३ हजार रुपैयाँ मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्