एजेन्सी । विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ ।

वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ । यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै सबैभन्दा गर्मी महिना साबित हुन सक्छ । युरोप र अमेरिकासमेत विश्वका थुप्रै हिस्सामा भीषण गर्मीको प्रकोप छ । धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले विश्व ग्लोबल वार्मिङबाट अघि बढेर ग्लोबल बोयलिङको चरणमा पुगिसकेको बताएका छन् । वैज्ञानिकका अनुसार जीवाश्म इन्धनको बढी प्रयोगले गर्मी बढिरहेको छ । नेपाललगायत भारतमा पनि जुलाईमा असाधारण गर्मी देखिएको छ । वैज्ञानिकले यो ग्लोबल वार्मिङको नतिजा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वको लागि चुनौती बनेको बताएका छन् । उनका अनुसार अब कसैले पनि जलवायु परिवर्तनको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्