झापा , साउन १२ । लाखे जात्रालाई लक्षित गरी बिर्तामोडमा लाखे तथा ठाकठुके नाचको प्रशिक्षण शुरु भएको छ ।


नेवाः देय दबू बिर्तामोड नगर समितिले लाखे तथा ठाकठुके नाचको प्रशिक्षण सुरू गरेको हो । आउँदो लाखे जात्रालाई मध्यनजर गरी बिर्ताबजार उत्तर साई मन्दिर छेउमा पन्ध्र दिनसम्म प्रशिक्षण दिइने नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रशिक्षणको उद्घाटन गरेका थिए ।

नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाः देय दबू कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ,प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठ, झापा जिल्ला अध्यक्ष रत्न श्रेष्ठ,पासा मुनः पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ,मिसा दबू झापा जिल्ला अध्यक्ष तिलरूपा श्रेष्ठ, प्रशिक्षक थर्कमान श्रेष्ठ, रुपेश श्रेष्ठ, लाखे संयोजक यज्ञराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नेवाः देय दबू बिर्तामोडका वरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन नेवाः देय दवूका नगर सचिव दिलिप प्रधानले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्