झापा, साउन १२ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा जिल्ला सहकारी संघको नाममा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


साउन १० गते झापा जिल्ला सहकारी संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीको नाम नै किटान गरेर कर्मचारीलाई धम्की दिएको, तालाबन्दी गर्न खोजेको, कर्मचारीलाई मानसिक तनाब दिएको, अमर्यादित गतिबिधि गरेको जस्ता आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।
सहकारी संघको उक्त विज्ञप्तिको खण्डन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले अर्को प्रेस विज्ञप्ति जारी गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ – “जनताको समस्या र संकटको अगाडि यस्ता विज्ञप्तिको कुनै अर्थ नरहेको र यस्ता विज्ञप्तिमा जनताको संकट समाधानको निम्ति अहोरात्र खटिरहेको नेपाल कम्युनिस्ट पार्टीको नाम नजोड्न गम्भीर चेतावनी दिन चाहन्छौं ।” देशमा यतिबेला वित्तीय संकट रहेको र नागरिकहरुको जीवन आक्रान्त बनेको बेला सहकारी संस्थाको नाममा जनताबाट पैसा उठाउँदै आफ्नो स्वार्थअनुकूल बिभिन्न क्षेत्रमा लगानी गरिरहेको र जनताको बचत फिर्ता समेत नगरी उल्टो भागिरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्