भद्रपुर, साउन १२ । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमअन्तर्गत सीपमुलक तालिमका सहभागीलाई प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ ।


सामाजिक विकास शाखाद्वारा आयोजित सिलाइ कटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको समापन गर्दै औजार हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा नौमती बाजा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपप्रमुख राधा कार्कीलगायतले मन्तव्य राख्दै तालिमलाई जीवन उपयोगिताका लागि प्रयोग गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्