झापा , साउन १३ । तेक्वान्दो रेफ्रि तथा कलाकर्मी विकास घले गुरुङ अमेरिकामा सम्मानित भएका छन् ।

तेक्वान्दो खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई अमेरिकाको बाल्टिमोरमा दी सिनेट अफ मेरिल्यान्डले सम्मान गरेको हो । विकास वल्र्ड तेक्न्दोका पाँचौं डान, सर्टिफाइड मास्टर, सर्टिफाइड परीक्षा नियन्त्रक, राष्ट्रिय रेफ्रि र अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी नेपालका चर्चित नृत्य निर्देशकका रुपमा पनि परिचित छन् । उनले भारतबाट सास्त्रिय नृत्यमा संगीत प्रभाकर गरेका छन् । उनी चलित्र कथा-पटकथा तथा गीत लेखनमा समेत सक्रिय छन् । उनी हाल अमेरिकाको ह्यारिष्सवर्ग पीए सहरमा बस्दै आएका छन् । अमेरिकामा पनि उनले आफ्नो पेशालाई निरन्तरता दिएका छन् । विकाससँगै मास्टर कृष्ण खड्का र मास्टर संजिव नेपालीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्