झापा , साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो । भन्सारदेखि ट्राफिक पोस्टको दुरी ५०० मिटर भित्र पर्छ । प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक फरार भएका थिए । ’कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको छैन,’ डीएसपी रिजालले भने, ’अहिले कन्टेनर खोलेर सरसामान गन्ती गर्ने काम भइरहेको छ, त्यसपछि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइने छ ।’ कन्टेनरमा भित्र लाखौं मुल्य बराबरको विभिन्न सामान रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्