बिर्तामोड, साउन १३ । बिर्तामोड– ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

अभिभावकहरु समेतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरी विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । विज्ञान र व्यवस्थापन संकाय भएको न्यूटन्सको कक्षा ११ मा १२० जना विद्यार्थी भर्ना भएका छन् । संस्थापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता तथा बिर्तामोड वडा नं ५ का वडा सदस्य ओमभक्त सेढाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए ।त्यस्तै विद्यालयका निर्देशक आशिष प्रसाई ,प्लस टु को–अर्डिनेटर केवल सापकोटा , फिजिक्स शिक्षक लक्ष्मण गुरुङ, लेखा शाखाका खगेन्द्र कोइरालालगायतले विद्यालयको पठनपाठन , विद्यार्थी आचारसंहिता , शुल्क भुक्तानीलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा अभिभावक राजेन्द्र चौलागाँईले पनि बोलेका थिए ।

विद्यालयका एकाडेमिक इन्चार्ज नोयल परेराले स्वागत र शिक्षिका पवित्रा पौडेलले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोपिकृष्ण प्रसाई , सामाजिक व्यक्तित्व देवी गिरीलगायतको उपस्थिति रहेको थियो । ११ कठ्ठा क्षेत्रफलमा विभिन्न सुविधायुक्त शैक्षिक पूर्वाधार भएको न्यूटन्स एजुकेशन एकाडेमीलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा लिइन्छ । २०६० सालमा स्थापित सो विद्यालयमा १६०० विद्यार्थी र १५२ जना शिक्षक कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्