झापा, साउन १३ । पति हरि प्रसाईको वियोगमा रहेकी न्यूटन्स एजुकेशन एकाडेमीकी संस्थापिका धर्मा पराजुली प्रसाईलाई एउटा सार्वजनिक कार्यक्रममा सम्हालिन गाह्रो भयो ।

न्यूटन्स एजुकेशन एकाडेमीमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रमको अध्यक्षता गरिरहेकी संस्थापिका प्रसाईलाई पति हरि प्रसाईको संझनाले यति धेरै सतायो कि उनले आफूलाई सम्हाल्न सकिनन् । मञ्चको अगाडि बसेकी प्रसाईको आँशु नथामिएपछि उनी पछाडि गएर बसिन् । तर, त्यहाँ पनि आँशु थामिएन । विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँई , शिक्षिका पवित्रा पौडेललगायतले सान्त्वना दिएपछि बल्ल उनले आफूलाई सम्हाल्न सकिन् ।

स्वर्गीय हरि प्रसाईको ८ महिनाको पुण्यतिथिका दिन विद्यार्थीहरुको स्वागत कार्यक्रम जुरेको थियो । कार्यक्रममा विद्यार्थी स्माइल बजगाँईले मन्त्र ब्याण्डको ‘सँधै सँधै आइरहन्छ तिम्रो यादहरु ’ बोलको गीत गाउन थालेपछि उनी धुरुधुरु रुन थालेकी थिइन् । उनले भक्कानिएर रोएको देखेर अरुका आँखा पनि रसाएका थिए । शिक्षासेवी हरि प्रसाईको गत मंसिर १८ गते ७१ वर्षको उमेरमा निधन भएको हो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्