बिर्तामोड , साउन १३ । बिर्तामोड नगरपालिका– २ रामचौकस्थित निदि माध्यमिक विद्यालय कोशी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको छ ।

चन्द्रलोक प्रतिष्ठान, काठमाडौंद्वारा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधार , प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संंयोजन भएकाले नेपालको गुणस्तरीय शिक्षामा निदि माविलाई कोशी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मान प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा , विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले निदि मावि तथा इन्द्रेणी क्याम्पसका प्रमुख रंजित शाहलाई सो सम्मान प्रदान गरेकी थिइन् । निदि माविले छोटो समयमै धेरै शैक्षिक सफलता हासिल गरेको हो । २०७१ सालमा स्थापित निदि मावि तथा इन्द्रेणी क्याम्पसमा हाल करिव २३०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्