बिर्तामोड , साउन १३ । राधाकृष्ण भजन किर्तन मण्डली बिर्तामोड १ को अध्यक्षमा पुजा काफ्ले खरेल निर्वाचित भएकी छन् ।

आज भएको तेस्रो साधारणसभाबाट २ बर्षे कार्यकालका लागि खरेल निर्विरोध अध्यक्ष चयन भएकी हुन् । उनी यसअघिको समितिमा सचिव रहेकी थिइन् । त्यस्तै किर्तन मण्डलीको उपाध्यक्षमा हिमादेवी कडरिया चम्लागाँई , सचिवमा रिता प्रसाईं भुर्तेल, सहसचिवमा पुष्पा अधिकारी ,कोषाध्यक्षमा लिलादेवी संग्रौला,सह कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् ।

खिवलाल अधिकारी सयोजक तथा सुचित्रा धौराली र रुद्र संग्रौला सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत चयन गरेको किर्तन मण्डलीको सदस्यहरुमा कल्पना घिमिरे,जमुना संग्रौला,गोमा कुँवर ,हिमादेवी पौडेल, रोमा तिवारी रहेका छन् ।

किर्तन मण्डलीकी अध्यक्ष सिता गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश फलाहारी रहेका थिए ।
समितिको सह–सचिव भेषराज चम्लागाँईले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष रुद्रप्रसाद संग्रौलाले प्रकाश पारेको किर्तन मण्डलीका साधारण सदस्य डिल्लीराम खरेलले जानकारी दिए । कार्यक्रममा अध्यक्ष सिता गिरीले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष गिता भुर्तेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा झापा जिल्ला पतञ्जली योग प्रशिक्षक देवीप्रसाद घिमिरे, पण्डित प्रेमप्रकाश रिजाल, नमुना टोल विकास संस्थाका अध्यक्ष विजय बुढाथोकीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्