बिर्तामोड, साउन १४ । झापाको बिर्तामोड ५ मा रहेको एमिटी कलेजले कक्षा ११ का नयाँ बिद्यार्थीलाई अभिमुखीकरण कार्यक्रमसहित स्वागत गरेको छ ।


एमिटीले कक्षा ११ मा बिजनेस स्टडीज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना भएका २ सय ५० जना बिद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको हो ।
कार्यक्रममा बिद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल आरएस ढकाल, सञ्चालक सदस्य केशवी ढकाल, सरस्वती ढकाल, लक्ष्मी संग्रौला खड्का, ममता साह, पुष्पलाल भण्डारीलगायतले स्वागत गरेका थिए ।
एमिटी कलेजका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सल्लाहकारहरु सुरेश अग्रवाल भद्रपुरे, सुरेश बंशल, देबीभक्त श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

कलेजका को–अर्डिनेटर बिनोद साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण ढकालले गरेका थिए । सोही कार्यक्रमकाबीच बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए । कार्यक्रममा शिक्षाप्रेमी, कलेजका शिक्षक शिक्षिका, कर्मचारी, बिद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्