झापा, साउन १७ । झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

आज बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं.१३ चारआली चोकमा प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१च.८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिल नभएको ६१ बोरा सुपारी फेला परेको थियो ।

१०लाख ८३ हजार मूल्य बराबरको अन्दाजी २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं.७ बस्ने १९ वर्षिय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्दप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्