झापा, साउन १९ । आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको छ ।

आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

संक्रमण नभएका विद्यालयहरुको लागि विदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए । आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकामा गएर दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बितामोडका केही विद्यालयहरुले आजदेखि नै पठनपाठन बन्द गरेका छन् । बिर्तामोड ७ स्थित कंचन इङ्लिस सेकेन्डरी स्कूल र बिर्तामोड ६ स्थित सरस्वती एन्जल इङ्लिस स्कुलले आजदेखि विदा दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्