झापा , साउन १९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित अर्जुनधाराबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा ११ बस्ने २५ वर्षिय निर्मल बुढाथोकी रहेका छन् । आज दिउँसो ३.३० बजेको समयमा जिल्ला प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बुढाथोकीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, मोवाइल १थान र नगद १५ हजार फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्