बिर्तामोड, साउन २० । बिर्तामोडमा डेंगी संक्रमण भयावह रुपमा फैलिदै गएको छ । साउन १ देखि १९ गतेसम्म डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भएको छ भने ६३ जना संक्रमित भएका छन् ।

हिजो साँझ डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो । दुई दिनअघि लावतीलाई परिवारले अस्पतालबाट घर लिएर गएका थिए । घरमै उनको मृत्यु भएको जनाइएको छ । यसअघि साउनको पहिलो साता बिर्तामोड- ५ कै ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

बिर्तामोडका अस्पतालहरुमा डेंगीका विरामीहरु भरिन थालेका छन् । ती अस्पतालहरुमा बिर्तामोडका ६३ जनालाई संक्रमण भएको पुष्टि भएको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार साउन १ देखि १९ गतेसम्म एनआरएलमा ४ , मेडिकामा १ , मनमोहनमा ४ , कन्काईमा १३, बिर्तासिटीमा ६ , नगर अस्पतालमा २२ , प्रान्जलमा २ , हिमालयमा ८ , एड्भान्स , बालाजी फर्मा र बीएण्डसीमा १-१ जनामा संक्रमण पुष्टि भएको हो । बिर्तामोडका अस्पतालहरुमा बिर्तामोडबाहेकका धेरै डेंगी संक्रमित भर्ना भएको अस्पतालहरुले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्