झापा, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताए। गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। छोरा भने सकुशल रहेको मेयर महर्जनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्