झापा , साउन २१ । झापाको दमकमा अवैध काठसहित फर्निचर संचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.१ को सुकुमबासी टोलमा गौरव फर्निचर संचालन गर्ने गोकुल घिमिरे रहेका छन् । हिजो दिउँसो २.३० बजे सो फर्निचरमा अवैध काठ रहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सखुवा र सिसौ जातका अन्दाजी २० क्यु.फिट चिरान काठ फेला परेको थियो ।

फर्निचर संचालक घिमिरेसमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि वन कार्यालय बेलडांगीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्