बिर्तामोड , साउन २१ । झापा बिर्ताबजारका पुराना बासिन्दा पोखरेल परिवारमा शोक परेको छ ।

बिर्ताबजार निवासी पूर्व जिल्ला पञ्चायत सभापति शम्भु पोखरेलकी धर्मपत्नी उमादेवी पोखरेलको ८१ वर्षको उमेरमा आज मध्यान्ह काठमाडौमा निधन भएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनका जेठा छोरा ज्ञानेन्द्र पोखरेल कानून व्यवसायी , माइला छोरा बिनोद पोखरेल निर्माण व्यवसायी र कान्छा छोरा प्रबिण पोखरेल नेकपा एमालेका जिल्ला सदस्य हुन् । त्यस्तै उद्यमी तथा युवा राजनीतिकर्मी स्व. दिपेन्द्र पोखरेल साइला छोरा रहेका थिए । आफ्नी आमा उमाकुमारीको शव काठमाडौबाट ल्याउँदै गरेको र भोलि बिहान १० बजे कन्काई माईमा अन्त्येष्टि गरिने छोरा प्रविण पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्