झापा , साउन २५ । ताप्लेजुङ जिल्लामा डेंगी संक्रमितको संख्या १४ जना पुगेको छ ।

हालसम्म नौ पुरुष र पाँच महिला संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारान दुलालका अनुसार धरानबाट फर्किएकाहरुमा बढी संक्रमण पुष्टि भएको हो । दुईजनाले जिल्ला अस्पतालमा उपचार गराएको दुलालले बताए । बाँकीले अस्पतालबाट औषधि लगेर घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । ‘संक्रमित सबै झापाको विर्तामोड र सुनसरीको धरानबाट फर्किएकाहरु पाइएको छ,’ दुलालले भने,‘ ताप्लेजुङमै संक्रमित भएकोचाहिँ पाइएको छैन ।’ जिल्लामै संक्रमित भएको नपाइएपनि सचेतनाका लागि स्वास्थ्य कार्यालयले आग्रह गरिरहेको दुलालले बताए । ‘धेरैको आवतजावत तराईका जिल्लामा हुन्छ,’ उनले भने, ‘तराईमा रहँदा पनि पूरा बाहुला भएको कपडा लगाउन, झुलमा बस्न आग्रह गरिरहेका छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्