झापा, साउन २५ । अदुवा खोलाले बगाएर कचनकवलका एक व्यक्तिको मृत्यु भएको छ ।

आज दिउँसो २.३० बजे अदुवा खोलामा लुगा खोली नुहाउन पसेका कचनकवल वडा न. –१ बस्ने ८० वर्षिय नरबहादुर राईको डुबेर मृत्यु भएको हो । उनको शव कचनकवल–१ घेराबारीको पुलनजिक साँझ ६.२० बजे फेला परेको हो । राईलाई खोलाले बगाएको भनी अस्थायी प्रहरी चौकी कुटीमा खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी कुटीबाट ३ जना, ईलाका प्रहरी कार्यालय राजगढबाट ७ जना र बीओपी घेराबारीबाट १० जनाको टोली खटीगई खोजतलास गर्दा फेला पार्न सकेको थिएन ।

साँझ ४.३० बजे कोशी प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म चन्द्रगढीबाट १३ जनाको टोली खटिएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेत मिलेर खोजतलास गर्ने क्रममा घेराबारीको पुल नजिक साँझ ६.२० बजे राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्