दमक,साउन २६ । दमकका युवा पत्रकार बिष्णु सुब्बा उषा चापागाई फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

रोटरी क्लव अफ दमकले वितरण गर्दैआएको सो पुरस्कार यसवर्ष पत्रकार सुब्बालाई नगद ७ हजार ,प्रमाणपत्र र दोसल्लासहित प्रदान गरिएको हो ।

रोटरी दमकले आज सम्पन्न आफ्नो १२ औ पदस्थापना कार्यक्रमका बीच पत्रकार सुब्बालाई रोटरी पूर्व डिस्ट्रिक गभर्नर बासुदेव गोल्यान, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई तथा दाता परिवारका तर्फबाट उषा चापागाई फाउण्डेशनका संरक्षक दिपु चापागाई (सन्दिप) लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुब्बा प्रदेशवाणी अनलाईन न्यूजपोर्टलका सम्पादक हुन् । त्यस्तै , नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य लगायतका विभिन्न पत्रकारजन्य संघसंगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्