झापा , साउन २७ । युरोपेली मुलुक माल्टामा रहेका नेपाली समुदायबीच क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।

जिरा युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही अगष्ट २६ र २७ मा प्रतियोगिता हुन लागेको हो । कार्यक्रमको संयोजक ललितजङ क्षेत्री रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक हजार युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले ६ सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ३ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजन एनआरएनए युवा अभियान्ता रोशन गिरीले गरेका छन् । गिरीले प्रथम हुनेको पुरस्कार राशी र मेडल तथा सर्टिफिकेट स्पोन्सर गर्ने आयोजकले जनाएको छ । नेपाली समुदायको हक हितका लागि काम गरिरहेका युवा अभियन्ता गिरीले युवा लक्षित कार्यक्रममा सदैव साथ र समर्थन रहने भन्दै यो प्रतियोगिता सफल पार्न आफ्नो तर्फबाट सबै साथ रहने बताए । नेपाली समुदायबीच पहिलो पटक हुन लागेको यो प्रतियोगिताले आपसी सद्भाव बढाउने भन्दै नेपाली समुदाय उत्साहित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्